ताजा समाचार

इटालीमा काेराेनाबाट एकैदिन ६२७ जनाको मृत्यु, मर्नेको संख्या ४ हजार नाघ्यो

काठमाडौं । इटालीको कोरोना भाइरस (कोभिड–१९) को असर भयावह रुपमा देखिन थालेको छ । शुक्रबार एकैदिन सो संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएपछि इटाली सरकारले स्थिति नियन्त्रण गर्न सेना परिचालन गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।
इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यसअघि बुधबार एकैदिन १७६ जनाको मृत्यु भएको थियो ।

शुक्रबारको रेकर्डसँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।
अहिले इटालीमा चिनियाँ चिकित्सक टोलीले उपचारमा सहयोग गरिरहेको छ । सबैभन्दा प्रभावित क्षेत्र इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था झन् दर्दनाक छ । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको सीएनएनले जनाएको छ । इटालीको लोम्बार्डीमा तत्काल ११४ सेना खटाइने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *