ताजा समाचार

सन्दर्भः अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, सबै फूललाई फुल्ने र फक्रने वातावरण तयार गर्छौ–प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्।

५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुुहुुने ज्ञात, अज्ञातशहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।”

“जातीय एवं सांस्कृतिक विविधतायुुक्त सयौँ थुुँगा फूलका एउटै मालाको प्रतिविम्बका रुपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरुलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवद्र्धन एवं संवद्र्धनका लागि दृढताका साथ अगाडि बढनेछ”, उनले सन्देशमा भनेका छन्।

अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउन आवश्यक रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *