ताजा समाचार

अत्यावश्यक सेवा अन्तरगत के के सेवाहरु पर्छन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिए ।
देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी विभिन्न अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाएको थियो ।
नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचनाअनुसार विभिन्न १९ आवश्यक सेवाबारे उल्लेख गरी यिनमा हड्ताल गर्न रोक लगाइएको थियो । जसअनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *