ताजा समाचार

यस्ता छन् कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेका ७ बाध्यकारी व्यवस्था

काठमाडौं। कोरोना भाईरस(कोभिड–१९) ले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको बखत नेपाल सरकारले उच्च सतर्कता अपनाउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै महामरीबाट बच्न अपील गरेका छन् । सरकारले संक्रमण नियन्त्र र उपचारमा कुनै कसुर बाँकी नराख्ने प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधनका गर्दै नागरिकलाई आस्वस्थ गराएका छन ।
देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको प्रधानमन्त्रीले सम्बोधनका क्रममा जनाएका छन । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था समेत सरकारले मिलाइएको बताएका छन ।

चैत्र १० गतेबाट लामो दूरीका सवारी साधन केही समयका लागि बन्द गर्ने प्रधानमन्त्री ओलीले सम्वोधनका क्रममा बताएका छन् । यसै गरी चैन ९ गतेबाट १८ गतेसम्म नेपाल भित्रने हवाई सेवा बन्द गर्ने घोषणा गरेका छन ।
निजी क्षेत्रको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको समेत प्रधानमन्त्रीले स्पष्ट पारेका छन । कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्नलाई प्रचलित कानून अनुसार कारवाही गर्ने प्रधानमन्त्रीले बताएका छन् ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने प्रधानमन्त्रीले बताए । सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नु पर्ने सम्वोधनका क्रममा प्रधानमन्त्रीले बताएका छन् । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकता अनुसार संचालन गर्ने व्यवस्था मिलाइएको समते प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा उल्लेख गरेका छन ।

कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सार्क राष्ट्रमा सहयोग गर्न  कोषमा १० करोड रुपियाँ योगदान नेपालले याेगदान गर्ने समेत प्रधानमन्त्री ओलीले  घाेषणा गरेका छन । 

यस्ता छन् सरकारले गरेका बाध्यकारी व्यवस्था :
१ नेपाल भित्रिने सबै अन्तर्र्ष्ट्रािय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
२सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
३ देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
४ आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
५ मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
६ विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।
७ महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले कोरोना भाइरसको जोखिमबाट जोगिन यस्तो दिए सुझव
१ भीडभाडबाट टाढै रहनु होस
२ सकेसम्म घरमै बस्नुहोस
३ अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस
४ हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस
५ चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस
६ धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस, र
७ सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *