काठमाडौं । सर्वोच्च अदालतले आगामी चैत २२ गतेसम्मका लागि देशभरका सबै अदालत बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने सुनुवाइ हुनेछ । यसअघि नेपाल बार एशोसिएसनले सम्पूर्ण सुनुवाइ स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।




