ताजा समाचार

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा तीन पक्राउ

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका देवी बहादुर गुरुङ विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले राजधानीको विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको थियाे ।

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो ।
पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको थियो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो। मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *