ताजा समाचार

निर्भया बलात्कार काण्डका दोषीहरु फाँसी

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित निर्भया बलात्कार तथा हत्या काण्डका चार जना अभियुक्तलाई आज (२० मार्च) बिहानै फाँसी दिइएको छ ।

तिहाड जेलस्थित फाँसीघरमा भारतीय समयअनुसार साढे पाँच बजे चारैजना दोषीहरु विनय, अक्षय, मुकेश र पवनलाई एकसाथ फाँसीको फन्दामा झुण्ड्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फासीपछि निर्भयाकी आमा आशादेवीले न्यायको जित भएको प्रतिक्रिया दिएकी छन् । उनले अब हरेक २० मार्चलाई निर्भया दिवसको रुपमा मनाउने घोषणा गर्दै आफूले अब भारतका बलात्कारपीडित छोरीहरुको न्यायको लागि लड्ने उदघोष समेत गरेकी छन् ।

अभियुक्तहरुलाई फासी दिइएपछि निर्भयाका बुबाले पनि ‘देशमा महिलाहरुका लागि यस्तो काुनन बनोस् जसबाट मानिसहरुले न्याय पाउन यति लामो प्रतिक्षा गर्न नपरोस् भन्ने प्रतिक्रिया दिएका छन् । घटनाको सवा सात वर्षपछि निर्भया बलात्कार काण्डका दोषीहरुलाई झुण्ड्याइएको हो । १६ डिसेम्बर २०१२ को राती चलिरहेको बसभित्रै निर्भयालाई पासविक ढंगले सामुहिक बलात्कार गरी क्रुरतापूर्वक हत्या गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *