ताजा समाचार

काेराेनका कारण अर्थतन्त्रमा परेको असरलाई रोक्न राहतका कार्यक्रम ल्याउने : सरकार

काठमाण्डौ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई रोक्न सरकारले राहतका कार्यक्रम ल्याउने बताएकाे छ । सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले सरकारले पर्यटनसहित अन्य व्यवसायलाई राहतका कार्यक्रम ल्याउने  बताएका हुन् ।

खतिवडाले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउदै व्यापार, वित्त, उद्योग, निर्माण क्षेत्र स्वभाविक रूपमा अगाडि बढिरहेको बताए ।  मुख्य पर्यटकीय सिजनमा पर्यटक रोकिए पनि अफ सिजनमा पर्यटक भित्र्याउन सरकारले रणनीति बनाउने भन्दै मन्त्री खतिवडाले चीनमा कोरोनाको प्रकोप हट्दै गएको र भारतले अत्यन्तै कडाइ गरिरहेकाले अवस्था छिटै सहज हुने उनकाे भनाई थियाे । होटल, रेष्टुरेन्ट क्षेत्रका मजदुरलाई श्रमिक कोषबाट सहयोग गर्नसक्ने भन्दै मन्त्री खतिवडाले विश्वभरी आएको समस्यालाई बुझिदिन पनि आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *