ताजा समाचार

लोक सेवा आयोगकाे चैत ८ गतेपछि हुने सबै लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा सरकारले स्थगित गरेको छ । आयोगको बिहीवार बसेको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयोगका उपसचिव एक नारायण शर्माले विज्ञप्तिमार्फत लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *