काठमाडौ । बिश्वभर नै माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न नेपाल सरकारलाई चीनले अत्यावश्यक बस्तु सहित चिकित्सकको टोली पठाउने भएको छ । नेपाल सरकारले सहयोगकोलागि आह्वान गर्ना साथ चिकित्सक र कोरोना नियन्त्रण गर्ने उपकरण सहित टोली पठाउन आफुहरु तयार रहेको चिनिया बिदेश मन्त्रालयका प्रवक्ता जेङ सुङले बताएका छन् ।
चीन सरकारले इटाली कै मोडलमा नेपालमा पनि सहयोग गर्ने प्रस्ताव नेपाल सरकारलाई गरेको भएपनि अहिले सम्म नेपालले सहयोगका बारेमा कुनै पनि प्रतिकृया नजनाएको प्रवक्ता जेङले बताए । अहिले आवश्यक जनशक्तिलाई हामीले तयारी हालमा राखेका छौ नेपालले सहयोग माग्नासाथ २४ घण्टा भित्र टोली काठमाडौमा अवतरण गर्ने पनि जेङले संचारमाध्यमलाई जानकारी गराएको छ । युरोपेली मुलुक इटालीमा कोरोना भाइरस अनियन्त्रित रुपमा फैलिएपछि चीनले ठुलो संख्यामा चिकित्सक सहितको टोली औषधी सहित त्यसतर्फ पुगेको छ। चिनिया चिकित्सकको टोली अहिले इटालीका कोरोना प्रभावित क्षेत्रमा खटिएका छन । उनीहरुले हजारौ इटालीका नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको पनि प्रवक्ता जेङले बताए ।




