काठमाडौं । विश्वभरी फैलिएको कोरोनाको कारण इटालीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ ।
समाचार संस्था एएफपीका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणका कारण इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको हो। यो सख्या ंकोरोना भाइरस संक्रमणले दिनमा एउटै देशमा अहिलेसम्मकै उच्च विन्दु छ।
योसँगैै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजारको हाराहारीमा पुगेको छ ।
इटालीमा अहिले सम्म ३५ हजार ७१३ जनामा संक्रमण देखिएको छ भने ४ हजार जना उपचारपछि घर फर्किएको बीबीसीले जनाएको छ । चीनपछि कोरना भाइरसबाट बढी प्रभावित हुने इटाली दोश्रो मुलुक हो।




