ताजा समाचार

काेराेना राेक्न भन्दै सरकारले भन्याे : घर बाहिर ननिस्कनु (यस्ता छन् सरकारका १५ निर्णयहरु)

काठमाडौं । अत्यावश्यक भन्दा बढी काम भएको अवस्थामा मात्र घर बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ ।
विश्व भर फैलिएको कोरोना भाइरस संक्रमणबाट हुने जोखिमलाई रोक्न बुधबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले त्यस्तो आग्रह गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समन्वय समितिको बैठकले सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने लगायतका १५ बुँदे निर्णय गरेको छ।

त्यस्तै वैठकले पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँ बस्न नपाइने निर्णय गरेको छ।  पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई रोक लगाइएको छ।  त्यस्तै, धेरै भीडभाड हुने स्थल फिल्म हल, जिम हल, नाइट क्लबलाई २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *