ताजा समाचार

डिआइजी दरवन्दी कटौतिको हल्लाले एसएसपीहरु बढुका लागि दौडधुप

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको नायव महानिरिक्षक (डिआईजी)को दरबन्दी कटौती गर्ने तयारी थालेपछि प्रहरीभित्र रोचक दौडधुप शुरु भएको छ । डिआईजी बढुवाको तयारीमा रहेका एसएसपी बढुवामा छुट्ने भएपछि प्रधान कार्यालयमा रहेका एसएसपीहरु अहिले गृमहन्त्रालय तथा विभिन्न नेताहरुकोमा दौडधुप गर्न थालेका छन् ।

कन्फर्म डिआइजी भइन्छ भनेर बसेकाहरु पनि अहिले एकपछि अर्को गर्दै बढुवाका लागि दौडधुप गर्न थालेका छन् । अहिले दुई दर्जन एसएसपीहरु बढुवाको लागि दौडधुप गरिरहेका छन् । नेपाल प्रहरीलाई संघीय प्रहरी ऐनअनुसार ढाल्दा यति धेरै डिआईजीको दरबन्दी नचाहिन निश्कर्ष निकाल्दै गृह मन्त्रालयले डिआईजी दरबन्दी घटाउने तयारी गरेको हो । प्रहरी प्रदेश मातहत रहने हुनाले केन्द्रमा २५ देखि ३० हजार फौज चलाउन दुई दर्जन डिआईजी अनाबाश्यक भएको ठहर गृहको छ । तर केही उच्च भने दरबन्दी कटैती रोक्न लागि परेका छन् ।

आफू डिआईजीमा छुट्ने तथा एसएसपीबाटै घर जान पर्ने अवस्था समेत सिर्जना हुन सक्ने हुनाले केही एसएसपी हातै धोएर दरबन्दी कटैती रोक्न लागेका हुन । तर गृह मन्त्रालयले व्यक्ति बिषेशलाई नाफा र घाटाको हिसाब किताब नगरी संगठनको हित र सरकारको नीतिअनुसार प्रहरीलाई समायोजनतर्फ लैजादै गर्दा आवश्यकता हेरेर डिआईजीको दरबन्दी कटैती गर्न लागेको जनाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयले यहि साता दरबन्दीको टुगों लागउँदै डिआईजी बढुवा सिफारिस गर्छ । रिक्त २२ डिआईजी पदमा गृहले दश वटा दरबन्दी कटैती गर्ने तयारी थालेको थियो ।

तर प्रहरी प्रमुख (आईजी) ठाकुरप्रसाद ज्ञावलीले भने प्राविधिक सहित ८ वटा दरबन्दी कटैतीको रायसहितको प्रस्ताव दिएका छन् । प्रहरी अस्पतालमा रहेका ५ डिआईजी मध्य तीन र प्रधान कार्यालयको एक प्राबधिक गरी चार र जनपदतर्फका चार गरी ८ वटा डिआईजीको दरबन्दी कटैती गर्ने विषयमा ज्ञवाली निर्णायर्थ प्रस्तुत हुन सक्नेछन् । गृहले भने प्राबिधिक बाहेक दश वटै दरबन्दी कटैती गर्ने तयारी थालेको हो । मन्त्रिपरिषद् बसेको दिन दरबन्दीसम्बन्धी निर्णय हुनेछ । एआईजीमा सिफारिस भएका शैलेश थापा क्षेत्रीको ब्याज बाटै १६ जना एसएसपीहरू प्रतिस्पर्धामा छन् । नयाँ ब्याजबाट बिश्वराज पोखरेल बढुवा भईसकेका कारण सोही ब्याजका धीरजप्रताप सिंह, उत्तम सुवेदी, दिवेश लोहनी, बसन्त लामा, सहकुल थापा, रवीन्द्र धानुक पनि बढुवा सूचीमा छन् । हाल प्रहरीमा डिआईजीको ३४ दरबन्दी छन् । त्यसमध्ये २२ दरबन्दी रिक्त छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *