ताजा समाचार

नैकापबाट सामुहिक बलात्कारको आरोपमा तीन पक्राउ

काठमाडौं । सामुहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको तिनथानामा एक १७ वर्षीय किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाव नैकापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सूचनाको आधारमा तिनथानामा एक १७ वर्षीय बालिकालाई अपरिचित ३ जना व्यक्तिहरुले जबर्जस्ती करणीमा संलग्नहरुलाई प्रक्राउ गरिएको बताएका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा सडक किनारामा पार्किङ्ग गरी राखेको ना.३.ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगेर जबर्जस्ती करणी गरेका थिए ।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वार्ड नं १ घर हुने २४ वर्षका सञ्जय घर्तीमगर, सिन्धुली सुनकोशी गाउँपालिका वार्ड नं ९ घर भएका १९ वर्षीय पासाङ तामाङ्ग र रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वार्ड नं २ घर भएका १९ वर्षका कपिल खड्का रहेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुरमा अनुसन्धान गरी कारवाही शुरु भएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *