ताजा समाचार

आज नेकपा बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने स्रोतले जनाएको छ । फागुन २१ गते मिगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको डिस्चार्चपछि पहिलो बैठक हो ।
आजको बैठकमा एमसीसीको बारेमा छलफल हुने बताइएको छ । नेकपा नेतृत्वलाई एमसीसी पारित गर्न दबाब छ ।पार्टीले भने अनुमोदन नगरी एमसीसी पास गर्न नहुने भन्दै विरोध गर्दै आएको छ भने सरकार जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *