ताजा समाचार

सरकारले कालोबजारी गर्नेलाई ठेगान लगाउँछ

कोरोना नियन्त्रणमा प्रदेश सरकारले कस्तो भूमिका खेलेको छ ?
यसको नियन्त्रणका लागि सम्भव भएसम्मका सबैखाले सचेतनाका उपयहरु अलम्बन गरिएको छ । त्यसैले जनताले धेरै यस विषयमा चिन्ता गर्नुपर्दैन जस्तो लाग्छ । केन्द्र सरकारको राजधानी पनि यही प्रदेशमा भएकाले कतिपय कुरा त संघीय राजधानी भित्रै छ । काठमाडौं उपत्यसकालाईं संघीय राजधानीले सहयोग गरेको हुन्छ । बाँकी उपत्यका बाहिरका जिल्लाहरु मा सकेसम्म सावधानी अपनाइएको छ । सरकारले त हदैसम्मको रोकथामका कदमहरु चालेको छ । उपप्रधानमन्त्रीसँग पनि छलफल भयो । उहाँसँग भेटघाट हुँदा सबै प्रदेशका मुख्य मन्त्री, सरकार सिरियसली लाग्ने कुरा भयो ।

प्रदेशमा कोरोना भाइरस संक्रमणको कुनै समस्या छैन ?
विश्वस्वास्थ्य संगठन डब्ल्यूएचओले नै भनिसकेकाले यो रोगदेखि डराउनु नपर्ने भन्ने होइन । जति डरलाग्दो रोग भएपनि त्यसलाई नियन्त्रण गर्न सावधानी अपनाउनुभन्दा बाहेक अहिले आत्तिएर केही हुने होइन । फेरि विश्वव्यापी समस्या भएकाले यो हाम्रोमा त आउँदै आउँदैन भन्ने पनि होइन । तर पनि यो तहबाट गर्न सक्ने रोकथामका प्रयासहरु भइरहेका छन् ।

अहिले मुलुकमा कालाबजारी बढेको छ,प्रदेश सरकारले कसरी अनुगमन गरिरहेको छ ?
आपतकालीन अवस्थामा कालोबजारी गर्नेलाई हामीले ठेगान लगाउनुपर्छ । यसको बारेमा हामीले क्याबिनेटबाटै निर्णय गरिसकेका छौं । अनुगमनलाई पनि चुस्त, दुरुस्त बनाएका छौं । अहिले नेपालमा ग्याँसको आपूर्तिमा कुनै कमी आएको छैन । ग्याँस हिजो जसरी र जति संख्यामा आउँथ्यो अहिले पनि जस्ताकोतस्तै छ । अस्ति फगुवाको बेलामा एक/दुई दिन डिस्ट्रब भएको थियो । त्योभन्दा बाहेक कुनै दिन कमी आएको छैन । अहिले ग्याँस ब्यापारीहरुले बीचमा कृतिम अभाव सिर्जना गरिराखेका छन् । तिनलाई अनुगम गरी ठेगान लगाउनुपर्छ । त्यस्ता कालाबजारी गर्नेलाई आवश्यक रुपमा कडाभन्दा कडा कारबाही गर्नुपर्छ भनेर हामीले सम्बन्धित ठाउँमा भनिराखेका छौं । यो विषमा प्रमुख जिल्ला अधिकारीहरुसँग पनि हामीले समन्वय गरेका छौं । राष्ट्रिय आपत परेको बेलामा सबैलाई एक/अर्कालाई सहयोग गर्नुपर्ने बेलामा अवसरको फाइदा लिने कालाबजारीयाहरुलाई सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लाग्नुपर्छ भनेर तपाईंको मिडियामार्फत भन्न चाहन्छु । काठमाडौंभन्दा बाहेकका जिल्लाहरुमा त्यस्तो समस्या देखिएको पनि छैन । यस्तो बेला कालाबजारी गर्ने सरासर अपराधी हुन् उनीहरुले ग्याँसमा मात्रै होइन अरु कुरा पनि गर्न सक्छन् । त्यसैले त्यस्तो भेटिएमा हामीलाई जानकारी दिनका लागि सबैमा आह्वान गर्दछु । काठमाडौंका प्रशासकहरु पनि लागेका सम्भवतः त्यस्तो समस्या अब नआउला ।

ग्याँसमा मात्रै होइन, अहिले पेट्रोल पप्पमा लाइन छ नि किन ?
हाम्रो नेपालमा अहिले मात्रै होइन पहिला देखिनै कस्तो ट्रेन बस्यो भने जब–जब देशमा कुनै घटना, दूर्घटना अथवा नाकाबन्दी हुन थाल्यो भने कालाबजारी गर्ने कुराहरु मात्रै हुने गरेका छन् । अलिकति समस्याका कुराहरु उठ्ने बित्तिकै भोलिपल्टदेखि जहिले पनि तेल, ग्याँसमा समस्या भइहाल्छ । यस्ता कुराहरु धेरै कमी भएको थियो । तर, अहिले फेरि ब्यापारीहरुले त्यस्तो कामलाई दोहोर्‍याएका छन् । त्यसलाई नियन्त्रण र कारबाही गर्न सबै संयन्त्रहरु लाग्नुपर्छ । कालाबजारी गर्नेलाई सरकार, सञ्चारकर्मीलगायत सबै सरोकारवाला लाग्नुपर्छ ।

कालाबजारी गर्नेलाई सरकारले कारबाही गर्न सकेन नि ?
ठोस आधार नभइकन कारबाही गर्न नमिलेन । त्यस्तो ठोस आधारहरु नभेट्टाइने, कसैले यहाँ कालाबजारी गर्‍यो भन्छन् । अनि उहाँहरुलाई त्यसको प्रमाण ल्याउनुस् न भन्दा उहाँहरु पनि दिन नसक्ने भएर यस्तो भएको हो । तर, पछिल्लो समयमा कारबाही त भइरहेका छन् ।

अब ग्याँसको जिम्मा नेपाली सेनालाई दिने हो ?
अब व्यापारीहरुले सही ढंगले वितरण गर्न सकेनन्, कालाबजारी गर्ने भए भने सरकारले त नेपाली सेनालाई पनि दिनुपर्‍र्यो नि । जनताको आवाज सुनेर सरकार त्यसै बस्न सक्दैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *