ताजा समाचार

पनौतीमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू

काभ्रे । साेमबारदेखि तनावग्रस्त रहेकाे काभ्रेकाे पनाैती आज पनि तनावपूर्ण बनेकाे छ  । साेमबार टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि प्रदर्शन थालिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।

स्थिति नियन्त्रण बाहिर जाने देखेपछि बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो ।सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *