काठमाडौं । अमेरिकाले बनाएकाे काेराेना भाइरसविरूद्भकाे खोपको पहिलो परीक्षण एक महिलामाथी गरिएकाे छ । अमेरिकाको सियाटल निवासी ४३ वर्षीया जेनिफर हलरलाई कोरोनाविरुद्धको खोप परीक्षण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
साेमबार साे खाेपकाे परीक्षण गरिएकाे थियाे । सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरिएको जेनेटिक कोड उनको शरीरमा पठाइएको र त्यसले उनको शरीरमा कुनै असर नगर्ने बताइएको छ।
विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप अनुसन्धानमा जुटेको छन्। अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो।
खाेपकाे परीक्षण गरिएपनि कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने विज्ञहरूले बताएका छन्। काेराेना संक्रमण अहिले विश्वभर द्रुत गतिमा फैलिएकाे छ ।




