अर्थ

पेट्रोल, डिजेलकाे दुई रुपैँया,हवाई इन्धनमा प्रतिलिटर साढे चार रुपैँया मूल्य घट्याे

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ । पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आज रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको निगमद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।    

निगमका अनुसार, काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य रु १०६ तथा डिजेल र मट्टीतेलको मूल्य रु.९५ प्रतिलिटर कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । निगमका अनुसार हवाई इन्धन प्रतिलिटर रु ९० कायम हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *