गण्डकी प्रदेश

कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प 

काठमाडौँ। कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताए ।

भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *