भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौं पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना सङ्क्रमणको आशङ्का गरिएको हो । उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौं सिफारिस गरेका छन् ।
कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गरेकाे बताउदै प्रजिअ रानाले भने “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।” रासस




