ताजा समाचार

स्वास्थ्यमन्त्री ढकालले भने “कोरोना पुष्टी भएपछिको सबै उपचार खर्च सरकारले बेर्होछ”

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भएको पुष्टि भएपछिको उपचार खर्च सबै सरकारले बेहोर्न  बताएका छन् । स्वास्थ्यमन्त्री ढकालले आईतबार बसेको राष्ट्रिय सभाको बैठकमा कोरोना भएको पुष्टि भएपछिको उपचार खर्च सबै सरकारले बेहोर्न बताएका हुन् ।

स्वाथ्यमन्त्रीले भने ‘‘यो स्वास्थ्य मन्त्रालयको मात्र नभएर समग्र नेपाल सरकारको निर्णय हाे, कोरोना देखिहाले उपचार खर्च कसले बेहोर्छ भन्ने धेरै जनाको चाँसोको विषय थियो ।’ काेरानाे भाइरसकाे तयारीका लगभग पुरा भएकाे बताउदै मन्त्री ढकालले  स्कुलहरुकाे परिक्षा पाचँ गतेसम्म सक्न भनिएकाे बताए ।

सरकारले तोकेको अस्पतालमा बिरामीले उपचार गर्न चाहेको अवस्थामा सबै खर्च सरकारले बेहोर्न स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी गणेश श्रीभास्तभले बताएका छन् । उनी भन्छन्, ‘सरकारले तोकेका बाहेका अन्य स्वास्थ्य संस्थामा गरिएको उपचार खर्च भने सरकारले बेर्होेदैन । ’  बैठकमा बोल्दै मन्त्री ढकालले देशभरमा २ सय ३५ शैया आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *