ताजा समाचार

बेलाबखत राष्ट्रपतिको राजनीतिक सक्रियता किन ?

काठमाडौं । नेकपामा उत्पन्न हुने विवाद मिलाउन बेला बेलामा राष्ट्रपति सक्रिय भएझै यसपटक पनि उनी सक्रियता देखिएको छ । पछिल्लो विवाद मिलाउन उनी सक्रिय भएकी हुन् । केही समयस अघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि शुरु भएको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी थिइन । तर त्यसपछि चुपचाप रहेकी भण्डारी केही दिन अघि देखि नेकपाका दुई नेताहरुलाई समान्तर रुपमा बोलाएर वामदेव प्रकरण मिलाउन अभ्यस्थ भएकी हुन् ।
गौतमलाइ नेकपा सचिवालयले राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएपछि सो प्रकरण रोकिएको मात्र होइन विवादित बन्दै आएको छ । नेताहरुलाई बोलाएर भेट्दा उनमा राजनीतिक सक्रियता देखिएको हो कि भन्ने आशंका उत्पन्न भएको छ । विगतमा पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याएपछि नयाँ विवाद सुरु भएको थियो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी आफैँ सक्रिय भएकी थिइन् ।
ईश्वर पोखरेलको बलमा मात्रै पार्टीको कार्यदिशा जबज बनाउन अलि अप्ठेरो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि यो मत बलियो हुने आशाका साथ त्यतिबेला गौतम–पोखरेल समीकरण बनाइएको थियो ।राष्ट्रपति सक्रिय हुन संविधान संशोधन हुनुपर्छ । अहिलेको अवस्थामा कसरी सम्भव हुन्छ ? राष्ट्रपति सक्रिय हुने कुरा झलनाथ खनालले मान्छन् ? माधव नेपालले मान्छन् ? प्रचण्डले मान्छन् ? यो सबै नचाहिने कुरा हो ।
संवैधानिक राष्ट्रपति भए पनि उहाँलाई देश हितको लागि चासो प्रकट गर्ने अधिकार छ । त्यहीअनुसार मात्रै चासो व्यक्त गर्नु भएको हो । अरु केही होइन भन्ने भनाई पनि बेलाबेलामा सत्तारुढ दलका नेताहरुले कुरा उठाएपनि त्यतिमै मात्र सीमित छैन । उनले बेला बेलामा नेकपाका प्रमुख नेताहरुलाई भेट मात्र गरेकी छैनन विवाद मिलाउन आफ्नो भूमिका पनि देखाउदै आएकी छिन् ।
पार्टी एकतादेखि अहिलेसम्म तत्कालिन एमालेका नेताहरुलाई एकै ठाउँमा लइाउन भूमिका उनकै थियो । शुरुमा इश्वर पोखरेल, वामदेव गौतम तथा विष्णु पौडेललाई एकै ठाउँमा उभ्याएर प्रचण्डका विरुद्ध प्रहार गर्ने रणनीति लिइएको थियो । अहिले भने वामदेव गौतमलाई कसरी रोक्न सकिन्छ भनेर राष्ट्रपतिले नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई भेट गरेको बताइन्छ । प्रचण्ड र नेपाल जसरी पनि गौतमलाई राष्ट्रिय सभामा लैजाने पक्षमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *