ताजा समाचार

ओली-प्रचण्ड भेट,के भयाे कुराकानी ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले आज बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन । सो क्रममा अध्यक्ष दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिएका थिए ।

भेटमा उनले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरी शुक्रबार ‘डिस्चार्ज’ भएका हुन  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *