ताजा समाचार

राष्ट्रपति कार्यालयमा नेकपाका नेताकाे लर्काे,किन पुगे नेपाल र दाहाल शीतल निवास ?

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधव नेपाललाई शीतल निवास बोलाएर भेटघाट गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारबाट डिस्चार्ज हुने समयमा राष्ट्रपति भण्डारीले नेपाललाई भेटघाटका लागि बोलाएकी थिइन । स्रोतका अनुसार शुक्रबार साँझ शीतल निवास बोलाइएका नेपाल करिव दुई घण्टा बसेर फर्केका थिए ।

गत बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पनि राष्ट्रपतिभण्डारीले बोलाएर भेटघाट गरेकी थिइन । त्यसपछि नेपाललाई बोलाइएको निकट स्रोतले जनाएको छ । सो भेटघाटलाई नेपाल निकट सचिवालयले गोप्य राख्न चाहेको छ । भेटघाटको अवसरमा पार्टीको पछिल्लो निर्णय र वामदेव गौतमकलाई राष्ट्रिय सभामा लैजाने विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपति कार्यालयले स्थायी कमिटी सदस्य वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतलाई पनि बोलाएर भेटघाट गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *