१.
सधै भूकम्प
आफैभित्र छिरेको
छ्याकै छ्याका पोतेको ।
२.
खरो बचन
आडम्बरी संसार
एक्लो हुँदाको मन ।
३.
दिलको छेउ
बास बस्न खोजे
ध्यान गर्दै ढोगेको ।
४.
खोजे पाइन
आफू जस्तै खोजेको
ठाडो पर्खाल भेटे ।
५.
रङ्गिन पत्थर
कापा नै भरिएको
मिच्दा मिच्दै चिप्लेको ।
६.
आँखाको थुप्रो
बाटो छिचोल्न खोज्दा
रित्तिएको बाल्टिन ।
७.
सानो सम्झना
थुपारेर कोचेको
सधै दिमागै थोत्रो ।
८.
सधैं भत्किने
गोलै गोल घेराको
डोरीले तन्काएको ।
९.
निशान हान्दा
निलो आँखा घुमेको
छेकिदा आफै लडेको ।
१०.
धनको थुप्रो
घ्याम्पो भित्र खुम्चेको
कैदीको अनुहार ।
११.
घुमेको घेरा
डरलाग्दो आवाज
थुप्रिएको डरैडर ।
१२.
लडाइ दियो
भाताभुङ्ग जीवन
खोजेको सोझो हाँगा ।




