ताजा समाचार

याे हिउदमा कुन कलाकारले काेसंग कसे लगनगाँठाे ?

काठमाडौं।अभिनेत्री केकी अधिकारी, गायक राजेशपायल राई, प्रियंका कार्की लगायत थुप्रै सेलिब्रेटीले बर्ष २०७५ सकिनै लाग्दा आफ्नो बिवाहको लगन नयाँ बर्ष अर्थात २०७६ मा जुर्ने बताएका थिए ।
त्यो हिसावले पनि बर्ष २०७६ मा धेरै सेलिब्रेटीले घरजमा गर्ने अपेक्षा गरिएको थियो । तर यो बर्षको अन्तिम बिवाह लगन परेको दिन ३० फगुनसम्म भने थोरै सेलिब्रेटी मात्र घरजम गर्न सफल देखिए । अभिनेत्री केकी अधिकारी, गायक राजेशपायल राई जस्ता कलाकारको भने यो बर्षपनि बिवाहको लगन जुर्न सकेन । यो बर्ष अर्थात २०७६ मा को को सेलिब्रेटीले बिवाह बन्धनमा बाँधिए ? चर्चाको बिषय त्यहि हो ।

आँचल शर्मा र उदिप श्रेष्ठ
अभिनेत्री आँचल शर्माले बिहिबार अर्थात २९ फागुनमा बिवाह गरेकी हुन् । काठमाडौंको एक होटलमा उनले नेपाली परस्परा अनुसार प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन ।
उनीहरुको बिवाहमा आँचल र उदिपका परिवार सदस्यको मात्र उपस्थिति रहेको थियो । आँचल र उदिपले एक बर्षको प्रेमसम्बन्धलाई बिवाहमा परिणत गरेका हुन् ।
उनीहरुले बिवाह भोज भने आज शनिबार काठमाडौको हायात होटलमा दिदैछन् । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना गरेका थिए ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी :
अभिनेत्री प्रियंका कार्कीले १५ फागुनमा अभिनेता आयुष्मान देशराज बिवाह गरेकी हुन् । बिवाहको अघिल्लो दिन उनीहरुले जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह समेत गरेका थिए ।
उनीहरुको दुबै बिवाहमा पारिवारिक सदस्यको अलवा साथीभाइको समेत उपस्थिती रहेको थियो । बिवाह पछि साथीभाई, आफन्तलाई बिवाह भोज समेत खुवाएका थिए ।
बिवाह अगाडि प्रियंका आयुष्मानले मेहेन्दी समारोह समेत मनाएका थिए ।

विजय बराल र प्रमिला खनाल :
अभिनेता विजय बराल र नाट्यकर्मी प्रमिला खनालले पनि लगनगाँठो कसेका छन् । बिजय र प्रमिलाले गत फागुन १४ गते परम्परागत रूपमा बिवाह गरेका हुन् ।
काठमाडौंको एक पाटी प्यालेसमा लगनगाँठो कसेका दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएको थियो ।
मण्डला थिएटरका कलाकार विजय र प्रमिलालेसँगै थुप्रै नाटक र चलिचत्रमा समेत काम गरेका छन् । अभिनेता विजय कबड्डी श्रृखला लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।

ऋचा शर्मा र दिपेक्ष बिक्रम राणा
अभिनेत्री ऋचा शर्माले गत संमिर २१ मा बिवाह गरेकी हुन् । उनले प्रेमी दिपेक्ष बिक्रम राणासँग लगनगाँठो कसेकी हुन् । ऋचा र दिपेक्षको लामो समयदेखि प्रेम सम्बन्ध रहदै आएको थियो ।
दिपेक्ष लबीम मलका जेनेरल म्यानेजर हुन् । नेपाली कल्चर अनुसार बिवाह गरेकी ऋचाको बिवाहमा उनका नजिकका कलाकार साथी र आफन्तजनको सहभागीता रहेको थियो । काठमाडौको एक रिसोर्टमा उनीहरुले बिवाह गरेका थिए ।

कृति भट्टराई र रोहित पौडेल
अभिनेत्री कृति भट्टराईले पनि रोहित पौडेलसँग आसार १२ गते बुधबार बिवाह गरेकी हुन् । दरबारमार्ग स्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्परा अनुसार उनले लगनगाँठो कसेकी हुन् । बिवाहमा दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका पुग नपुग आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले रोहितसँग केही समय देखिको प्रेम बिवाहमा परिणत गरेकी हुन् । पेशाले इन्जिनियर रहेका रोहितसँगको बिवाहमा कृति खुसी देखिएकी थिइन् ।
पछिल्ला समय कृतिले नयाँ बानेश्वर थापागाउँमा अर्गयानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *