पूर्वको कंचनजंघा हुँ म, तिमी पश्चिमको अपी हौं
हेराहेर हुन्छ आकृति मात्रै,
भेट हुन्न हामी टाढा छौं ।।
सूर्यले जब किरण छर्छ, सुन जस्तै हामी झल्कौला
चन्द्रमा जब रोशनी दिन्छ, चाँदीझै हामी टल्कौंला
लेकको बाटो लेकलाग्न सक्छ,
कसरी भेट्न आउ भन लौ
पूर्वको कंचनजंघ हुँ म,
तिमी पश्चिमको अपी हौं ।।
बादलु बनी आउँदा पनि,
असिना झर्ला भन्ने छ डर
मादलु बनी बज्दै आउन, झ्याउरे लय हराउने डर
गुराँस त फुल्यो चिसो लेकमा,
शिरमा राख्न कसरी आउँ ।।
पूर्वको कंचनजंघा हुँ म, तिमी पश्चिमको अपी हौं
हेराहेर हुन्छ आकृति मात्रै,
भेट हुन्न हामी टाढा छौं।।




