काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले भेट गरेका छ्न् ।
प्रचण्डनिवास खुमलटारमा नेताहरुबीच भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न नेताहरु बिहान ७ बजे खुमलटार पुगेका थिए ।भेटमा पछिल्लो राजनीतिक घटनाक्रम तथा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने लगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालय स्रोतले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पनि छलफल भएको थियो ।
लामो सयमसम्म राजनीतिक गतिविधि सुस्त भएको बेला खुमलटारमा नेकपाका नेताहरुले भेटघाट गरेका हुन् । सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएपछि सत्तारुढ दल नेकपाका नेताको आपसी भेटघाटसमेत सुस्ताएको छ भने सरकारी कामकारबाहीसमेत गतिहीन देखिएको छ।




