ताजा समाचार

अनेरास्ववियुका पूर्व नेता राईलाई बलात्कार मुद्दामा ८ वर्ष ६ महिना कैद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरिएको छ ।  काठमाडौं जिल्ला अदालतले राईलाई दोषी ठहर गर्दै आठ वर्ष ६ महिना कैद तथा पीडित युवतीलाई एकलाख पचास हजार रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनाएको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उक्त फैसला गरेको हो । राईमाथि गत वर्षको तिहारमा भैलो खेल्ने बहानामा युवतीलाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लागेको थियो । पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो ।बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेला राईलाई अनेरास्ववियुुले निलम्बन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *