ताजा समाचार

सुडान जाने शान्ति सैनिक रोकिए

काठमाडौं । शान्ति मिसनमा जाने तयारीमा रहेको नेपाली सेनाको एउटा डफ्फा रोकिएको छ । दक्षिण सुडान जाने तयारीमा रहेको सेनाको गण कोरोनाको कारण रोकिएको हो । शान्ति स्थापनार्थ दक्षिण सुडान जाने तयारीमा रहेको नेपाली सेनाको कालिध्वज गण विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण रोकिएको सेनाले जनाएको छ ।

दक्षिण सुडानमा रहेको सेनाको देविदत्त गणले एक वर्षे कार्यकाल पुरा गरेकाले बद्लीमा कालिध्वज गणका ६ सय ९९ जना यही मार्चमा जाने तयारीमा थिए । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सुडान सरकारको आग्रहमा बद्लीको काम एक महिनाका लागि रोकिएको बताए । सुडान सरकारले संयुक्त राष्ट्र संघमा एसियाका नेपाल, भारत, कम्बोडिया, दक्षिण कोरिया र पाकिस्तानका सेना तत्काल नपठाउन पत्रचार गरेको थियो । पत्राचारपछि यी देशका सेनाको सुडान जाने कार्यक्रम रोकिएको छ । बद्ली टोली नजाने भएपछि देविदत्त गण एक महिनाकालागि नेपाल फर्कने तालिका समेत रद्ध भएको सेनाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *