अर्थ

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै कतारका लागि श्रमस्वीकृति बन्द

काठमाडौँ।वैदेशिक रोजगार विभागले कतारका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आज मंगलबारबाट बन्द गरेको हो ।

हिजो सोमबारबाट नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार सरकारले कतार प्रवेशमा रोक लगाएपछि कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो । विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने जनाएको छ ।

दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् । नेपाल एयरलाइन्सले कतारबाट आउन चाहने यात्रुलाई भने ल्याउने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *