ताजा समाचार

आराम गरिरहेका प्रचण्ड एक्कासी गौतम निवास भैसेपाटीमा देखिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गराइरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि रुघाखोकीले सताएको थियो । गत बुधबारबाटै उनी आराम गरिरहेको थिए । घरमा भेट्न आउने कार्यकर्ता र नेता बाहेकलाई उनले कसैलाई भेट दिएका थिएनन । पारिवारको साथमा आराम गरिरहका प्रचण्डले चार दिनसम्म राजनीतिक रुपमा कुनै गतिविधि गरेनन भनेर कसैले पत्याउने अवस्था थिएन । गत बुधबार सामान्य रुपमै घरमा बसे ।
बुधबार दिउसो तत्कालिन माओवादी नेताहरुसँग भेटघाट गरे । विहिबार जनयुद्धका घाईतहरुसँग दिन विताएका थिए भने शुक्रबार उनी सामान्य चेकजाँचका लागि अस्पताल गए । तर तीनदिन सम्म घरमै रहेका प्रचण्ड शनिवार भने एक्कासी वामदेव गौतमलाई भेट्न उनकै घर भैसीपाटी पुगे । प्रचण्ड विरलै मात्र आफूभन्दा जुनियर नेतालाई भेट्न जाने गरेका छन् । गत असोजमा इश्वर पोखरेल निवास पुगेर पोखरेलसँग आधा दिन विताएका प्रचण्डले शनिवार साँझ गौतम निवासमा करि अढाइघण्टा विताएका थिए ।
वामदेव गौतमको राष्टिय सभायात्रा अनिश्चित भएको बेला प्रचण्ड गौतम निवास पुगेका थिए । अत्यन्तै गोप्य भेटघाट भनिएको सो भेटमा उनीहरुवीच के के कुराकानी भएको थियो भन्ने बारे केहीबाहिर आएको छैन । गौतमसँग घरमै भेटघाट गरेपछि आइतबार विहान आफ्नो गृहजिल्ला चितवन पुगेका प्रचण्डले प्रधानमन्त्री ओली अस्पतालबाट निको भएर फर्केपछि राष्टिय सभा सदस्यमा गौतमलाई मनोनय गर्ने बताएका थिए । खास काम केही नभएपनि उनी चितवनबाट आइतबार दिउसो नै फर्केका थिए । चितवन जाँदा उनलाई त्यहाँ एयरपोर्टमा प्रमुख जिल्ला अधिकारीले स्वागत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *