अर्थ

कतारद्वारा नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ। कतारले चीन, जिप्ट, भतरत, इराक, इरान, लेवनान, बांगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ ।  कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ। एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *