काठमाडौं । ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम महिला दिवस मनाइँदै छ । आज मार्च ८ अर्थात् ११० औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाईँदैछ । भने नेपालमा पनि भव्यताका साथ मनाइदैछ ।
सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किन महिला मुत्ति आन्दाेलनकाे प्रवर्दक हुन् । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो।
अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो। हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको छैन। नेपालमा त्रिभुवन राजा बनेको दिन देखि यो दिवस मनाउन थालिएको हो । यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ। त्यतिबेला देखि नै सती प्रथाको अन्त्य भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कानून बनाएरै सती प्रथाकोउन्मूलन गरेका थिए। स्रोत : गुगल




