कला/साहित्य

स्यालकाे आवाज लिन रातभर विष्णुमतिमा बसे : मदनदास

काठमाडौ।कुनै जमाना यस्तो थियो, कलाकारितामा कला देखाउनै समस्या । कला देखाउन पनि अनेकौं प्राविधिक झमेला झेल्नु पर्थाे । यस्तै झमेलाबाट निखारिएका कलाकार हुन् मदनदास श्रेष्ठ । रेडियो नेपालमा नाटक प्रस्तुत गर्ने बरिष्ठ कलाकार मदनदासलाई आफ्नो प्रस्तुती गर्दाको समय सम्झदा अहिले अनौठो लाग्छ । भन्छन्, ‘अहिले जस्तो त्यतिबेला कहा“ थियो र ? साउण्ड इफेक्ट खोज्न रातभरि नदी किनारमा कुरेर बसेको स्मरण ताजै छ ।’

तीन दशकअघि नाटक गर्दाको स्मरण गर्दै उनले भने, ‘नाटक बनाउनु पर्ने । स्याल कराएको आवाज चाहियो । अब के गर्ने ? रेडियो नेपालको रेकर्डर र माइक बोकेर एक जना साथीसहित रातिभरि विष्णुमति नदीको किनारमा बसेर आवज लिएर आएको हु“ ।’

उनले बल्लबल्ल स्याल कराएको आवाज लिएर नाटक रेकर्ड गरेका थिए । त्यति मात्रै होइन बरिष्ठ कलाकार मदनदासले पानी खसेको, नदी बगेको, चरा कराएको, चट्ङका आवज वास्तविक रुपमै रेकर्ड गराएर रेडियो नेपालमा राखेका हुन् ।

त्यति मात्रै कहा“ हो र, उनले बालुवा, ढुंगा, भर्याङ आदि सामाग्री रेडियो नेपालकै स्टुडियोमा लगेर राखेका थिए । नाटकमा वास्तबिक आवाज आओस भनेर । ‘त्यति गरेपछि बल्ल राम्रो नाटक बन्थ्यो’, उनले स्मरण गरे । अहिले प्रविधिले फड्को मारेकोमा उनी खुसी छन् ।

तर प्रविधिले कलाकारहरुलाई अल्छि बनाएकोमा भने खिन्न छन् । प्रविधि आएपनि बास्तविक बस्तुलाई नाटक वा कलाकारितामा राख्न कसैको ध्यान जा“दा गुणस्तरीयतामा कमी अँएको उनको भनाइ छ । ‘कला देखाउनु ठूलो कुरा होइन’, उनले भने, ‘कलालाई जीवन्तता दिन सक्नु ठूलो कुरा हो ।’अभिनयमा जीवन्तता भर्नुपर्छ भन्ने मान्यताका मदनदासले थुप्रै नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

उनलाई अनुहारबाट भन्दा आवाजबाट अहिले पनि धेरैले चिन्छन् । गहकिलो र ओजनदार आवाजका मदनदासले रेडियो नेपालबाट प्रसारित हुने नाटकबाट सयौं कलाकार समेत जन्माएका छन् । उनको नाटकमा खेल्न र आवाज दिनकै लागि महिनौ कुर्ने पर्ने समय पनि थियो ।

उनै बरिष्ठ कलाकार मदनदास नाटकलाई राज्यले ब्यवस्थित गर्न नसकेकोमा चिन्तित छन् । भन्छन्, ‘राज्यले नाटकलाई अलिकति भएपनि व्यवस्थित गर्ने हो भने राम्रा र निखारिएका कलाकार आउने थिए । नेपाली फिल्मलाई धेरै टेवा पुग्ने थियो ।’

नेपाली कला क्षेत्रमा राम्रा कलाकाहरू भएपनि अभिनयमा निखार आउन नसकेको कताकता उनको अनुभव र भोगाइ छ । कलालाई राम्रोस“ग पहिचान गरेर निखारता ल्याउने हो भने नेपाली चलचित्र आफैंमा गुणस्तरीय हुने उनको भनाइ छ । अहिले पनि राम्रा चलचित्रहरू बने पनि अभिनयमा अभाव खड्किएको उनको भनाइ छ ।

पूराना स्मरण सुनाउ“दै बरिष्ठ कलाकार मदनदास भन्छन्, ‘पूराना फिल्महरुका कलाकारको अभिनय अहिले पनि उत्तिकै बेजोडको मानिन्छ । उनीहरूले गरेका अभिनयले दर्शकको मन अझै पनि छोइ रहेको मैले पाएको छु ।’

दर्शकलाई कलामा लठ्याउने खुबी कलाकारमा हुनै पर्ने उनको मान्यता छ । जसले दर्शक र स्रोतालाई लठ्याउन सक्छ उ नै क्षमतावान कलाकार हुने उनको बुझाइ छ । कुनै समय नाटक र कलाकारितमा एकछत्र राज गरेका मदनदास अहिले पनि उत्तिकै जोशिला र जा“गरिला देखिन्छन् । कला क्षेत्र भनेपछि अहिले पनि उनी उत्तिकै समय दिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *