ताजा समाचार

पूर्व युवराज पारस किन पुगे साधुको शरणमा ?

काठमाडौं। पूर्वयुवराज पारस शाह पारिवारिक सुखबाट टाढा रहने अवस्था आएकै हो ? यो प्रश्न उठिरहेका बेला उनी गोदावरीको जंगलमा सन्यासी र साधुसन्तहरुसँग फेला परेका छन् । कुनै न कुनै प्रसङ्गले चर्चामा रहिरहने गरेका छन् । कुनै बेला पारिवारिक सम्बन्धका कारण चर्चामा रहेका पूर्वयुवराज पारस केही महिना अघि युट्युबर सोनिका रोकासँगको बसउठले चर्चामा रहिरहे ।
यसपछि एकाएक जोगीसँग बसेको पारसको तस्विर सार्वजनिक भयो । यसबाट पनि चर्चामै रहे । उनले ‘पूर्वराजावादी नभनेर नेपाली भन्न’ दिएको सुझावले पनि चर्चामै राख्यो । तर, यतिखेर पूर्वयुवराज पारस शाह गोदावरीको जंगलमा साधुसन्त्हरुसँग रहेको तस्बिर सार्वजनिक भएको छ । कालो रंगको जामा लगाएका पारससँग लामो कपाल र दारीजुंगा पालेका जोगी पनि सँगसँगै थिए । पारस र जोगीको टोलीमा एक दर्जनको संख्यामा मोटर साइकल र कार थिए । सो टोली विशंखुनारायण जंगलमा निर्माणाधिन जिप लाइन हेर्न पनि पुगेको थियो । त्यहाँबाट पारस कोटडाँडातर्फ लागेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *