ताजा समाचार

सभापति देउवाले गरे तत्कालिन लोकतान्त्रिक फोरमका ११ जनालाई कांग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका ११ जना सदस्यलाई कांग्रेस पार्टीमा केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
केन्द्रीय सदस्य मनोनित हुनेहरुमा रामजनम चौधरी (कैलाली),नसिर सिद्धिकी (सिराहा),भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी),गोपाल दहित (बर्दिया),मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग),हरिप्रसाद न्यौपाने (मोरङ्ग),सुमित्रा थरुनी (सुनसरी),कल्पना चौधरी (सुनसरी)र पवनकुमार सारडा (मोरङ्ग) छन् ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट अनुसार सभापति देउवाले मनोनित गरेका हुन । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानुन बमोजिम एकिकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय भए अनुरुप केन्द्रीय सदस्यमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका विजयकुमार गच्छदारलाई यस अघिनै सभापति देउवाले उपसभापति मनोनित गरिसकेका छन् । गच्छदार कांग्रेस संसदीय दलनको उपनेता समेत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *