ताजा समाचार

नेपाल प्रहरीमा गहिरिदो नेतृत्व संकट

 काठमाडौं।प्रहरी सेवा प्रभावकारी भएन भनेर आलोचना गर्ने राजनीतिक नेतृत्वले प्रहरीभित्र देखिएको विभाग प्रमुखको बारेमा अझै सोचेको छैन । एक महिनाअघि मात्रै नेपाल प्रहरीको ९० टोलीले संगठनको दुई वर्षे नेतृत्व अवसर पूरा गरेर सर्वेन्द्र खनाल, पुष्कर कार्की, ठूले राई, केदार रिजाल, पिताम्बर अधिकारीहरु मात्रै घर गएनन, उनीहरुसँगै मुख्यालयका सबै विभाग, सातै प्रदेशदेखि नेतृत्व तहमा रहेका अधिकृतले एकैदिन अवकास पाएपछि विभाग प्रमुख विहिन समेत भए ।
रपदस्थापित भएका छन्, त्यही टोलीको वैकल्पिक सूचीमा नाम निकालेर पाँच महिनापछि भर्ना भएका ठाकुरप्रसाद ज्ञवाली । सर्वेन्द्र गए, ठाकुर आए । तर, संगठनलाई पुगेको क्षति निकै ठूलो छ । प्रदेश प्रहरीका नेतृत्व खाली छन् । चुनावको बेला डाक्टरले फौज चलाउनु परेझैं हेडक्वार्टरका विभागहरु रित्तै छन् । एक हप्ता भयो, ती जिम्मेवारीमा कसैलाई पठाइएको छैन । अर्को केही हप्ता कोही पठाइने स्थिति पनि देखिँदैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठीक नहुँदासम्म प्रदेश प्रमुख विहिन हुने अवस्था आएको छ । यसले प्रहरीको प्रभावकारी सेवा प्रभावित भएको छ । प्रहरीमा नयाँ ऐन नआई बढुवा नगर्ने भनिएको भएपनि डिआइजी तथा एसएसपी बढुवाको लाइन लागिरहेको छ । डिआइजी, एसएसपी र एसपीको दरबन्दी पदपूर्ति नगरी नहुने स्थिति छ । माघ २८ गते घर गएका हाकिमहरुले विभागीय प्रमुख, एकेडेमी, प्रदेशको नेतृत्व सम्हालेका थिए र ती सबै रिक्त छन् । यसरी सबै ठाउँ एकैचोटि खालि हुँदा त्यसले संगठन सञ्चालन र भविष्यमा पार्ने प्रभाव गम्भीर छ । त्यसमाथि आइजिपीका व्याची जम्मा दुई जना छन तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय । अनि अहिलेको आइजिपी पाँच महिनामा जाने भएपछि आइजिपी हुने ब्याचका शैलेश थापाक्षेत्री, प्रद्युम्न कार्की, निरजबहादुर शाही, हरिबहादुर पालहरु हिजोअस्तिबाटै एआइजीको सिफारिसमा परेपनि फूली लगाउन सकेका छैनन । दौडधुपमा छन् । त्यही ब्याचबाट १६ जना एसएसपी डिआइजी हुन बाँकी छन् । विश्वराज पोखरेल र अघिल्लो व्याचका १६ जनासहित धीरजप्रताप सिंह, उत्तमराज सुवेदीहरु पनि मारमा परेका छन् ।
यदि ३० वर्षे सेवाअवधि हट्यो भने सबैले उमेरको हदले काम गर्न पाउँछन् । पदावधिले जाने अवस्था हुन्छ । आइजीको पदावधि चार वर्ष हुन्छ । त्यसो हुँदा ठाकुर ज्ञवालीले चार वर्ष आइजिपी चलाउँछन् । र, एकैचोटि २२–२५ जना घर जाने अवस्था हुँदैन । उमेर जहिले पुग्छ वा बढुवा मितिका आधारमा पदावधि जहिले पुग्छ, त्यसपछि रिटायर्ड होइन्छ । त्यसो गर्दा उमेर भएका मान्छेले एआइजी, आइजी बन्ने मौका वा समय पाउँछन् । यसो नहुने हो भने प्रहरीमा नेतृत्व संकट झन गहिरिदै जानेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *