ताजा समाचार

चैत्र ६ गते निर्धारित मितिमै एसइइ परीक्षा हुने

काठमाडौं । यस वर्षको एसइइ परीक्षा चैत्र ६ गते निर्धारित मितिमै सञ्‍चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।  मन्त्रालयले एक विज्ञप्ति जारी गरी एसइइ परिक्षा स्थगित भएको भन्‍ने समाचार गलत भएको भन्दै निर्धारित मितिमै सञ्‍चालन हुने जनाएको हो । मन्त्रालयले केही सञ्‍चार माध्‍यम र सामाजिक सञ्‍जालहरुमा आएका समाचारहरुप्रति आपत्ति जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्‍चार माध्‍यम र सामाजिक सञ्‍जालहरुमा २०७६ सालको माध्यमिक परीक्षा (एसइइ) स्थगित भएको र विद्यालयहरु बन्द गर्ने भन्‍ने खालका गलत समाचाहरु प्रवाह भइरहेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्‍यानाकर्षण भएको छ।’  मन्त्रालयले कक्षा १ देखि ९ सम्‍मका परीक्षा चैत्र ५ गतेभि सम्पन्‍न गरी सक्‍न र चैत्र ६ गतेदेखि लागू हुने गरी एसइइको परीक्षा यथावत रुपमा नै सञ्‍चालन हुने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *