ताजा समाचार

दुई मुख्यमन्त्रीको पद धरापमा : पार्टीले फिर्ता बोलाउने संभावना

काठमाडौं।नेकपाको तर्फबाट एकल सरकार बनाएका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले पार्टीको निर्देशन नमानेको भन्दै पार्टीले फिर्ता बोलाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार यी दुई सरकारविरुद्ध जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव दर्ता हुने र सरकार ढल्ने सम्भावना बढेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलको काम गर्ने स्वेच्छाचारी शैलीविरुद्ध नेकपाका सांसदहरू मात्र होइन, शीर्ष नेतृत्व पनि असन्तुष्ट रहेका कारण उनीहरुको पद धरापमा परेको हो । स्रोतका अनुसार संसदीय दलमा दुवै मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । बहुसंख्यक सभासद्को मत एकातिर हुदाँहुदै बलजफ्ती प्रदेश राजधानी अर्कै्तिर तोक्ने निर्णय गरेका बाग्मती प्रदेशका मुख्यमन्त्रीले सरकार पुनर्गठनमा पनि पार्टीभित्र प्रक्रियागत रूपमा कुनै छलफल नै नगरी एकलौटी गरेको आरोप छ ।

पार्टीले तोकेका प्रदेश कमिटीका नेतासँग कहिल्यै छलफल नै नगरी सिधै बालुवाटारको पहुँचको धाक देखाएर उनले हरेक निर्णय लिने गरेको बताइन्छ । पछिल्लो मन्त्रीमण्डल पुनर्गठनबाट पूर्वमाओवादीको शीर्ष तहका नेताहरू पनि असन्तुष्ट रहेको बताइन्छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले अहिलेलाई रोकनुस् भन्दाभन्दै दुई दिन अघि मुख्यमन्त्री पौडेलले तेस्रो प्रयासमा नेकपाका नेता रामेश्वर फुयाँललाई मन्त्री नियुक्त गरेका थिए ।

मन्त्रिपरिषद्कै बैठकमा आफूलाई अश्लील गालीगलौज गरेको भन्दै तत्कालीन भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको थियो । रिक्त रहेको त्यही मन्त्रालयमा विवादकै बीच फुयाँललाई ल्याइएको हो । प्रदेश १ मा पार्टीको सिफारिस विनै मन्त्रीहरु नियुक्त गरिएको थियो । बाग्मति प्रदेशमा पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्य असन्तुष्ट रहेकी छिन भने प्रदेश १ मा भीम आचार्य पनि असन्तुष्ट रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *