फरार पूर्व डिआइजी शाह कहा होलान ?
काठमाडौं । मानिसहरु विभिन्न कारणले चर्चामा आउने गर्छन । राजनीतिक र प्रशासनिक दुवैमा चर्चा पाएका व्यक्ति कम हुन्छन भने कर्मचारी र साहित्यमा चर्चा पाएका व्यक्ति पनि निकै कम हुन्छन । त्यस्तै असल कामको वाहीवाही पाएका मध्ये एक थिए महेशविक्रम शाह ।
‘छापामारको छोरो’ कथा संग्रहका लागि साहित्यकार महेश विक्रम शाहले मदन पुरस्कार पाए । नेपाल प्रहरीका कार्यरत रहेका शाहलाई २०६३ सालमा मदन पुरस्कार दिइएको थियो । उनी त्यतिबेला डिएसपीमा कार्यरत थिए । मदन पुरस्कार पाएपछि प्रहरीभित्रै चर्चाको शीखरमा रहेका शाहलाई जागिरे दिनको अन्तिमतिर भ्रष्टचारको आरोप लाग्यो । सो आरोप लागेपछि भने उनी हाल फरार रहेका छन् । विशेष अदालतमा मुद्धा दायर भएका कारण उनी अदालतमा उपस्थित भएका छैनन ।
उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ‘भुइँखाट’ कथा सङ्ग्रहहरु प्रकाशित छन । उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएपछि नेपालभर चर्चाको शिखरमा पुगे । जसले गर्दा उनलाई प्राज्ञिक व्यक्तिको रुपमा परिचित मात्रै भएन देशविदेशमा उनले लेखेका पुस्तकको माग पनि बढ्यो । यो सँगै सगै प्रहरी भित्र केही विवादित काम नगरी उनी बसेका थिए । उनलाई प्रहरीभित्रै खासै विवादित प्रहरीका रुपमा लिइदैन । तर उनी गत वर्ष कर्णाली प्रदेशको प्रमुख हुँदा उनले कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय अभियान शुरु गरे । सो अभियानको धेरैबाट समर्थन भयो । तर प्रहरीभित्र भने त्यसको व्यापक आलोचना भएको थियो । हरेक जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपीलाई डिआइजी शाहले पुस्तक आफै छानेर उनले नै तोकेको प्रकाशकलाई पैसा तिर्न लगाएपछि पारदर्शी नभएको र शाहको स्वार्थ बाझिएको भन्दै आलोचना भएको थियो ।
प्रहरी प्रधानकार्यालयमा सो अअिभयान अन्तर्गत खर्च बढी भएको र जिल्ला प्रहरी कार्यालयले पैसा तिर्न नसक्ने भन्ने उजुरी परेका कारण उनलाई राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरेको थियो । उनको अवकाश पनि पौष २३ गते त्यहीबाट भएको थियो । उनी सुरक्षा परिषदमा कार्यरत रहेकै बेला प्रहरी प्रधानकार्यालयमा दुधौलीमा रहँदा भ्रष्टचार गरेको उजुरी परेको थियो । त्यही उजुरी अन्तर्गत अख्तियारले छानवीन गर्दा उनी फसेका छन् । २०७२ साल असोज २२ देखि २०७३ माघ २३ सम्म तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र (हाल तीन नम्बर प्रदेश प्रहरी तालिम केन्द्र) दुधौली सिन्धुलीको समादेशक (कमाण्डेण्ट) रहेका बेला उनलाई भ्रष्टचार आरोप लागेको हो ।
तीसबर्षे सेवाहदका कारण पुस २३ देखि अनिवार्य अवकाश पाएका डिआइजी शाहले आफ्नो जीवनकालमा भ्रष्टचारको मुद्धा खेप्नुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन । प्रहरी जवानहरुको दुई महिनाको तबल भत्ता घोटलामा उनी मुछिएका छन । तालिम केन्द्रका तत्कालिन समादेशक शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकालेको आरोप उनीमाथि छ ।
अख्तियारले गरेको अनुसन्धान अनुसार मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आ.ब. २०७२-०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत शाह, लेखापाल प्रहरी नायब निरीक्षक पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलवरभत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु. ३१ लख ८८ हजार ४सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलवर भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २ दिनको बढी रु. १ लाख ४९ हजार ६ सय १६ गरी ३३ लाख ३८ हजार तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी भ्रष्टचार गरेको आरोप लागेको छ ।




