काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण भएपछि एक हप्ताको लागि भेटघाट बन्द गरिएको छ । उनको अहिले स्वास्थ्य अवस्था स्थिर भएपछि केही दिनका लागि भेटघाट बन्द गरिएको हो । अहिले बिहान उनलाई कालो चिया र झोलिलो तरल पदार्थ खुवाइएको छ ।
६९ वर्षीय प्रधानमन्त्री ओलीको बुधबार दिउँसो दोश्रोपटक पूनः मृगौला प्रत्यारोपण गरिएको थियो । ओलीलाई प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न थालिसकेको छ । तर अरुको शरीरको मृगौला लिएर प्रधानमन्त्री ओलीको शरीरमा जोडिएकोले विभिन्न खाले संक्रमणबाट भने बच्नुपर्ने हुन्छ । ओलीलाई एक सातासम्म अब कसैलाई पनि भेट गर्न नदिने चिकित्सकहरुले बताएका छन् ।
उनलाई आफन्त, नेताहरु कसैलाई पनि भेटघाट गर्न नदिने चिकित्सकहरुले बताएका छन् । भेट्नै चाहेमा मृगौला दिएकी समिक्षाले भने भेट्न पाउने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार, बिहान ८ बजेसम्म मृगौला प्रत्यारोपण यता १० लिटर भन्दा बढी पिसाव प्रधानमन्त्री ओलीले गरिसकेका छन् । प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहेको छ ।




