ताजा समाचार

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री र उनकी भान्जी समीक्षाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी भान्जी समीक्षा ज्ञवालीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाका अनुसार प्रधानमन्त्री र समीक्षा दुवै जनालाई आजबाट तरल खानेकुरा खुवाइने छ। कालो चियाबाट तरल खानेकुरा खुवाउन सुरु गर्ने तयारी भएको उनले बताए ।

उनका अनुसार प्रधानमन्त्री ओली बोल्न सक्ने अवस्थामा छन्। तर दुखाई कम गर्ने औषधि चलाइएका कारण चिकित्सकहरुले नै बोल्न दिएका छैनन्। प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो। उनलाई भान्जी समीक्षाले मिर्गौला दिएकी हुन्। मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सकसहित नर्स र अन्य प्राविधिक खटिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *