काठमाडाैं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७ वटा विभाग प्रमुख मनोनयन गरेका छन । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन । देउवाले फागुन १७ गते पार्टीका १३ वाट विभागमा प्रमुख तोकेका थिए । याे संगै २० विभाग प्रमुख ताेकिएका छन । ४७ वटा विभाग गठन गरेर पार्टीका नेता तथा कार्यकर्तालाई भूमिका दिने देउवाकाे तयारी छ । पाैडेल पक्षाले भने विभाग गठन गरेकाेमा आपत्ति जनाएकाे छ ।
सभापति देउवाले एन.पी. साउँदलाई शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखकाे जिम्वारी दिएका छन । साउदले यस अघि पनि भ्रातृ तथा शुभेच्छुक संस्था हेर्दै आएका थिए । यसै गरी अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग प्रमुख, ईश्वरी न्यौपानेलाई महिला विभाग प्रमुख केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग प्रमुखकाे जिम्मेवारी दिएका छन । मोहनबहादुर बस्नेतलाई खेलकूद विभागलाई खेलकुद प्रमुख, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग प्रमुख,हरिप्रसाद नेपाल शिक्षा विभाग प्रमुखकाे जिम्वारी सभापति देउवाले ताेकेकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।




