काठमाडौँ।डिसेम्वार महिनाबाट चीनकाे हुवे प्रान्त हुदै विश्वभर फैलिएकाे काेराेनाकाे सतर्कतामा नेपालले बल्ल ध्यान दिएकाे छ । समयमा सरकारले सवेदनशीलता नअपनाउदा संक्रमणकाे जाेखिम बढेकाे भन्दै सरकारकाे चाैतर्फी आलाेचना हुदै आएकाे थियाे । सरकारले ७ मार्चदेखि मार्च ३१ सम्म ५ देशका नागिरकलाई‘ अनअराइभल’ भिजामा राेक लगाएकाे छ । काेराेना भाइरसकाे उच्च जाेखिममा रहेका पाँच देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसामा रोक लगाएको हाे । चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई अनअराइभल भिसामा गृह मन्त्रालयले रोक लगाएकाे जनाएकाे छ।
कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई भिसा जारीमा कडाइ गर्न आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले गृहलाई निर्देशन दिएको थियो । साेही अनुरुप गृहले अध्यागमन विभागमार्फत कोरोना प्रभावित ५ मुलुकका नागरिकलाई अनआराइभल भिसामा रोक लगाएर सतर्कता अपनाउने निर्णय लिएकाे हाे ।
अहिले इराकसहित १३ मुलुकका नागरिकलाई अनअराइभल भिसा सुविधा छैन । अन्य देशका नागरिकले नेपालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अध्यागमनका सम्बन्धित कार्यालयमाफर्त प्रवेशाज्ञा अनुमति लिन पाउने व्यवस्था छ ।
काेराेनाका भाइसरकाे संक्रमणबाट तीनहजार भन्दा बढी मानिसकाे ज्यान गइसकेकाे छ । विश्वभर १ लाख भन्दा बढी मानिस काेराेना संक्रमित छन् । नेपालमा काेराेनाकाे पुष्टि नभए पनि चारजनामा आशंका गरिएकाे छ ।




