ताजा समाचार

नेकपामा महासंग्राम,चीनकाे समर्थन लिन पाैडेललाई हटाएर ओलीले बनाए पाण्डेलाई राजदूत

काठमाडौं।नेपालका लागि चिनिया राजदूत लीलामणि पौडेल नेकपा भित्रको आन्तरिक संघर्षको शिकार बनेका छन् । कि सत्ता परिवर्त, कि पार्टी फूटको अवस्थामा पुगेको नेकपामा शक्ति संघर्ष उत्सकर्षमा पुगेको बेला राजदूत पौडेल प्रधानमन्त्री केपी शार्मा ओलीको निशानामा परेका हुन ।

पार्टी भित्र प्रचण्ड निकटको सफाय अभियानमा लागेका प्रधानमन्त्री ओलीले पौडेललाई राजदूतबाट फिर्ता बोलाएर नुवाकोटका महेन्द्र पाण्डेलाई पठाउने निर्णय लिएका छन । त्यो निर्णयले नेकपा भित्र झन असन्तुष्टि बढाएको बुभिएको छ । प्रधानमन्त्री ओली शक्ताको दुरुपयोमा लागेको आरोप समेत नेकपाकै नेताहरुले लगाउन थालेका छन् ।
पछिल्लो समय नेकपामा देखापरेको अस्वभाविक ध्रुविकरणले नेपाली राजनीतमा नयाँ तरंग आएको छ । नेकपा भित्र पार्टी अध्यक्ष एवं ओली एक्लिएका छन् । पार्टी भित्र ओलीका कारण अपमानित भएका नेताहरुले आलीलाई सत्ता र पार्टी नेतृत्वबाटै बर्हिगमन गर्नेसम्मको तयारी गरेका छन् । त्यसको नेतृत्व कार्यकारी अध्यक्ष प्रचण्डले गरेका छन् । प्रचण्डलाई माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, विष्णु पौडेललगायतका नेताहरुको साथ छ । प्रधानमन्त्री ओली आफू विरोधी ग्रुपलाई कमजोर पार्न सत्ताको सम्पूर्ण ताकत निकालेर लागेका छन् । एकदलीय कम्युनिष्ट सत्ता रहेको छिमेकी मुलक चीनबाटै आफ्नो सत्ता असुरक्षित भएको महशुर गरेर प्रधानमन्त्री ओलीले पौडेललाई राजदूतबाट हटाएर आफ्ना विश्वासपात्र पाण्डेलाई राजदूत बनाएको चर्चा यतिबेला राजनीतिक बृत्तमा चुलिएको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएको कारण देखाएर पौडेललाई फिर्ता बोलाइएको भनिए पनि भित्र रहस्य भने अर्कै छ । ओलीले प्रधानमन्त्री पद सुरक्षित गर्नका लागि चीनमा राजनीतिक सन्तुलन मिलाउने विश्वापात्रलाई चीनको राजदूत बनाउन त्यो निर्णय लिएको नेकपाका नेताहरु बताउँछन ।

प्रधानमन्त्री पद सुरक्षित गर्न ओलीले चालेको यो रणनीति ओलीकै लागि प्रत्युदपादक हुँने प्रचण्ड पक्षीय नेताहरुको बुझाई छ । पूर्व मुख्यसचिव पौडेल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए । प्रचण्ड निकट मानिने नेता र व्यापारी माथि समेत प्रधानमन्त्री ओली निर्मम रुपमा प्रस्तुत भएका कारण ओली विरुद्ध प्रचण्ड आक्रोशित बनेका थिए ।

नेकपा भित्र देखा परेको माहाभारत यतिमै अन्तय हुने शंकत छैन । यो महाभारतले नेकपालाई अनुमान समेत गर्न नसक्ने ठाउँमा पुर्‍याउने निश्चित जस्तै छ । नेकपा भित्रको महाभारतका मुख्य पात्र छन बामदेव गौतम। बामदेवको विषयलाई नेकपा भित्रको ओली र ओली इतर समुहले प्रतिष्ठाको विषय बनाएका छन् । नेकपाको सचिवलय बैठकले बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो तर, त्यो निर्णय तुहाउने दाउमा प्रधानमन्त्री ओली लागेका थिए । ओलीलाई धम्क्याउन राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधव नेपालको नेतृत्वमा ओली इतर पक्षले कार्यदल समेत गठन गरेको थियो । कार्यदलको चौतर्फी विरोध भएपछि भंग गर्न बाध्य भएका थिए । प्रधानमन्त्री ओली राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री अतिवडालाई नै निरन्तरता दिने पक्षमा उभिएका छन । यद्यपी औपचारीक रुपमा यो विवाद अझै टुंगिएको छैन । नेपका भित्र त्यो विवादले ठूलै भूकम्प आउने शंकेत देखा परेको छ । वरिष्ठ नेता झलनाथ खनाले त प्रधानमन्त्रीले कि पार्टीको निर्णय मान्नु पर्ने नमान्ने भए पार्टी छोड्नु पर्ने सम्मको सार्वजनिक अभिव्यक्ति दिए । बामदेव राष्ट्रियसभा छिर्न नपाउदाको परिस्थिति ओलीका लागि कति सुखद बन्छ त्यो भने आगामी दिनले बताउने नै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *