ताजा समाचार

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्न साँझ अस्पताल भर्ना हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ अस्पताल भर्ना हुने भएका छन्।  बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीले अस्पताल जानुअघि व्यस्तता बढाएका छन्।

आइतबार बिहान नेकपा सचिवालय बैठकमा सहभागी भएका प्रधानमन्त्री ओलीले दिउँसो पनि राजनीतिक भेटघाट गरेका थिए । साँझ बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि रातिसम्म लम्बिएको थियो।  सोमबार बिहान पनि प्रधानमन्त्री बैठकमा व्यस्त भएका छन्। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ।

‘प्रधानमन्त्री साँझमात्र अस्पताल जाने स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने एक जना महिलाले मिर्गौला दिने भएकी छन्। यसअघि प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताएका थिए। तर चिकित्सकहरूले प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *