ताजा समाचार

यस्तो छ राजनीतिक नेतृत्वप्रति आक्रोश अभिव्यक्तिको श्रृखला

काठमाडौं।नेपालका नेताहरुको अभिव्यक्ति र व्यवहार जनता र कार्यकर्ताका लागि पाच्य छैन । नेपालको राजनीतिक नेतृत्वप्रति जनता आशावादी छैनन । नेतृत्वप्रति जनता निराश र आक्रोशित छन् । जसका कारण ठूलो सुरक्ष घेराभित्र रहने शीर्ष नेताहरु बेलाबखत आक्रमणको निशानामा परेका घटना सार्वजनिक हुने गरेका छन् । विपक्षी दल र विद्रोही समुहबाट आक्रमण हुने कुरा विश्व राजनीतिक परिवेशमै मैलाउदै गएको छ । तर, नेपालमा भने फरक अवस्था छ । आफ्नै दलका कार्यकर्ताबाट पार्टीका नेताहरुलाई आक्रमण प्रयास भएको पाइन्छ ।
राजनीतिक नेतृत्वप्रतिको वितृष्णा कार्यकर्ताहरुले आक्रोशमार्फत अभिव्यक्त गर्ने गरेका छन् । नेतृत्वमाथिको सद्भाव र गरिमा गुम्दै गएको छ ।
नेपालको राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै कार्यकर्ताको निशानमा दुई पटक परिसकेका छन्। यस अघि प्रचण्डलाई भृकुटिमण्डपमा सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ता पदम कुवरले थप्पड हानेका थिए । प्रचण्डलाई आक्रमणको प्रयास आज पनि एक सार्वजनिक कार्यक्रममा भएको छ ।
राष्टियसभा गृहमा आयोजित भरतमोहन अधिकारी फाउन्डेशन नेपालको कार्यक्रममा जुम्ला सिन्जाका रतन तिरुवाले प्रचण्डलाई जुत्ता पहार गरेका छन् । लोकसेवाको तयरी गरेर बसेका युवाले प्रचण्डको अभिव्यक्ति चित्त नबुझेको भन्दै जुत्ता प्रहार गरेको बताएका छन् । रतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रतन पूर्व माओवादी लडाकुका छोरा हुन । रतनका बुबाले शसस्त्र जनआन्दाेलनमा ज्यान गुमाएका थिए ।
नेकपा नेता झलनाथ खनाललाई पनि केही वर्ष अघि सुनसरीमा आफ्नै पार्टीका कार्यकर्ता देवीप्रसाद रेग्मीले झपाड हानेका थिए । कम्युनिष्ट पार्टी भित्र कठोर अनुशासन हुन्छ भनिन्छ । तर, दावइएर राखिएको आक्रोश विष्फोट हुदाँ त्यसले हिंसाको रुप लिएको पाइन्छ । हुनत नेपाली कांग्रेका तत्कालिन पार्टी सभापति सुशील कोइरालालाई पनि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण प्रयास नगरेका भने होइनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *