ताजा समाचार

सभापति देउवाले संसदमा प्रधानमन्त्रीलाई सोधे बास्काेटाले हामी कसलाई भनेका हुन ? हामी भनेको को हो प्रष्ट गर्नु होस ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा प्रकरणमा तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटाले ७० कारोड कमिसन मागेको अडियो तत्काल छानवीन गर्न माग गरेका छन् । प्रतिनिधि सभा वैठकमा बोल्दै प्रमुख प्रतिपक्षि दलका नेता देउवाले घुस मागेको अडियो सार्वजनिक भएको हप्ता दिन पुगिसक्दा पनि छानविन नहुनुको पछाडी सरकारको नियतप्रति गम्भीर आशंका पैदा भएको आरोप लगाएका छन । बास्कोटाले हामीलाई कति आउछ भनेर बोलेको अडियो प्रष्ट सुनिन्छ सभापति देउवाले संसदमा भने प्रधानमन्त्रीलाई सोध्न चाहान्छु हामी कसलाई भनेका हुन ? हामि भनेको को हो प्रष्ट गर्नु होस ?

छानविन गर्ने निकायले छानविन गर्नु भन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुले छानविन प्रभावकारी हुन्छ कि हुदैन भन्दै सभापति देउवाले प्रश्न गरे । सभापति देउवाले भने छानवीन हुनुभन्दा पहिले नै प्रधानमन्त्रीले निर्णय दिनु भयो भने तपाईको बोलिको विश्वसनीयत कमजोर भएन र ।

नेपल ट्रष्टको स्वेत पत्रमार्फत सेक्युरीटि प्रेस खरिद प्रकरणको सम्वन्धी ७० करोड कमिसन मागेको अडियो र गोकर्ण रिसोर्ट प्रकरणबाट मुलुको ध्यान मोड्ने प्रयत्न भइरहेको सभापति देउवाको आरोप थियो । सभापति देउवाले भने म प्रधानमन्त्री भएको मन्त्रीपरिषदको वैठकबाट मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिजमा दिने कुनै निर्णय भएको छैन । यसमा मेरो नाम राजनीतिक पूर्वाग्रहका आधारमा जोडिएको विषय वा जोड्ने षड्यन्त्रप्रति मेरो गम्भीर आपत्ति छ ।
सभापति देउवाले नेपाल टेलिकमको प्रकरणमा अरवौ भ्रष्टाचार भएको कुरा सार्वजनिक भएको संसदमा बताए । सभापति देउवाले प्रश्न गरे एनसेलले ४ अर्वमा सकेको काम एनटिसीलाई १२ अर्व कसरि लाग्यो ?
पेट्रोलियम पदार्थमा कर बढाएर जनतालाई थप करको भार बढाउनेकाम सरकारले गरेको भन्दै देउवाले आपत्ति जनाए । पेट्रोलियम पदार्थमा कर बढाउने निर्णय तत्काल रोक्न सरकारलाई आग्रह गरे ।

देउवाले विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरसप्रति आवस्यक प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको जनाएकाले यस प्रकोपको नियन्त्रणमा सरकारल पूर्ण तयारी अवस्थामा रहनु पर्ने सभापति देउवाले सरकालाई अनुरोध गरेका छन । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई कारोनाबाट जोगिन पनि सभापति देउवाले आग्रह गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *